Thursday, December 4, 2014

धादिङ मंसिर १८ । न्वागी पर्वको अवसरमा मनाईने धादिङको त्रिपुरासुन्दरी माई मन्दिरको जात्रा आज सम्पन्न भएको छ ।
आज बिहान सबेरै त्रिपुरासुन्दरी माईको पुजा गरी मूल पुजारी र माइको मन्दिरका सेवक तथा भक्तजनहरुको लावालस्करले विशेष पैदलयात्रामा बाजागाजा सहित बेसीको मन्दिरमा माईलाई भित्र्याइएको थियो ।

Tuesday, December 2, 2014

धादिङबेसी मंसिर १६ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मुल नाराका साथ चौथो धादिङ महोत्सव २०७१ पौष २ गतेदेखी १३ गतेसम्म धादिङवेसीमा हुने भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले आज धादिङवेसीमा पत्रकार सम्मेलनको आयोजना गरि सो को जानकारी गराउनुभएको हो ।
धादिङवेसी खुल्ला मञ्चमा पौष ९ देखि हुने भनिएको महोत्सव विशेष कारणबस एक हप्ता अगाडि सर्न गएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।

Saturday, November 29, 2014

धादिङबेसी मंसिर १३ ।  दक्षिण कोरियामा सम्पन्न १७ औं एसियाडमा नेपालको तर्फबाट कराँतेखेलमा एकमात्र कास्य पदक विजेता विमला तामाङलाई नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धादिङले सम्मान गरेको छ । जिविस धादिङको सभाहलमा शनिबार (आज) एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
धादिङबेसी मंसिर १३ । धादिङ उद्योग वाणिज्य संघको २१ औं साधारणसभा धादिङवेसीमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रका संयोजक भवानी राणाको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि राणाले धादिङमा २ वटा उद्योग वाणिज्य संघ जस्तो दखिए पनि धादिङ उद्योग वाणिज्य संघ नै बैधानिक र आधिकारक उद्योग वाणिज्य संघ भएको बताउनु भएको थियो । आफूहरुबाट हुने सबै  आधिकारीक काम धादिङ उद्योग वाणिज्य संघबाट मात्रै हुने उहाँले स्पष्ट पार्नुभयो ।

Tuesday, November 4, 2014

नेपालको प्रत्येक नियम कानुनको पालना गर्दै नेपाली भुमिबाट बैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको ग्यारेन्टी लिने काम नेपाल सरकारको हो । यसरी नेपाल सरकारले तोकेको कानुन बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरि बैदेशिक रोजगारीमा पुगेका नेपाली नागरिकहरुको अहिलेको जल्दोबल्दो समस्या के हो ? त्यसमा ध्यान दिने काम नेपाल सारकारबाट हुन सकिराखेको छैन । सन् २०१५ नोभेम्बर महिनाबाट अन्तर्राष्ट्रिय स्तरमा हस्तलिखित पासपोर्ट नचल्ने सूचनासंगै अहिले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा चिन्ता थपिएको छ ।

Ordered List

Pages

Recent Posts


Jobsmag.inIndian Education BlogThingsGuide

यो ब्लग यति पल्ट हेरियो

Popular Posts